संघीय निजामती ऐनको मस्यौदाप्रति निजामती कर्मचारीको बिरोध

 आवाज संवाददाता     २१ असार २०७७, आईतवार

असार २१, काठमाडौं  । सरकारले लयाउने तयारी गरेको संघीय निजामती ऐनको मस्यौदाप्रति निजामतीहरुले विरोध जनाएका छन् । कर्मचारीहरुले राज्यब्यवस्था तथा सुशासन समितिबाट असार १५ मा पारित संघीय निजामती सेवा ऐनको मस्यौदाप्रति बिरोध जनाउँदै आएका छन् ।

उनीहरुले काम रोकेर होइन, सेवाग्राहीको काम गर्दै ऐनको मस्यौदाप्रति असहमति प्रकट गरेका छन् । आइतबार पनि उनीहरुले बिरोध जनाउँदै छातीमा प्लेकार्ड राखेका छन् ।

नायबसुब्बाहरुलाई बढुवा हुन पाउने अधिकार खोसिएको, राष्ट्रियस्तरका ट्रेड युनियन खारेज गर्ने मस्यौदाको बिरोधमा कर्मचारीहरुले बिरोध प्रदर्शन जारी राखेका हुन् ।

नायबसुब्बाहरुले मस्यौदा समितिबाट पारित भएको भोलिपल्ट असार १६ मा सामाजिक दूरी कायम गर्दै सिंहदरवारमा लामबद्ध भएर बिरोध गरेका थिए ।

त्यसयता पनि निरन्तर आधिकारिक ट्रेड युनियनले आन्दोलनको अगुवाई गरिरहेको छ । सरकारबाट हुने सेवाप्रवाहमा असर नपारी छात्तीमा सुशासन समितिबाट पारित ऐनको मस्यौदाप्रति असहमत छौं भन्ने प्लेकार्ड राखेर कर्मचारीहरुले कामकाज गर्दैआएका छन् ।

राज्यब्यवस्था समितिबाट पारित अलोकतान्त्रिक तथा विभेदकारी संघीय निजामती सेवा ऐनप्रति मेरो पूर्ण असहमति छ भन्ने प्लेकार्ड हरेक मन्त्रालय र कार्यालयका कर्मचारीले टाँसेर काम गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।