एसईईको नतिजाको लागि दोलखाबाट पठाईयो ‘३१५२’

 आवाज संवाददाता     ११ श्रावण २०७७, आईतवार

रवीन्द्र गौतम । दोलखा

साउन ११, चरिकोट । कोरोना भाईरस सतर्कताको कारण २०७६ चैत ६ गतेदेखि रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाको लागि ३१५२ जनाको लगत पठाईएको छ ।

लकडाउनले रोकिएको परीक्षा सञ्चालन गर्न असम्भव भए पछि सम्वन्धित विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानी एसईईको अन्तिम नतिजाको लागि सामुदायिक र नीजि गरी दोलखाको ९६ विद्यालयका ३१५२ जना परीक्षार्थीको लगत पठाईएको हो ।

कक्षा–१० को अन्तिम परीक्षाको प्राप्ताङ्क र आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्कसहित १७०९ छात्रा र १४४३ छात्र गरी ३१५२ जनाको लगत पठाईएको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए ।

८४ ओटा सामुदायिक विद्यालयका १५२६ छात्रा र १२६९ छात्र गरी २७९५ जना, ११ ओटा नीजि विद्यालयका १३० छात्रा र १४० छात्र गरी १७० जनाको लगत पठाईएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

कालिञ्चोक माध्यमिक विद्यालयमा सञ्चालित खुला विद्यालयका २३ छात्रा र १९ छात्र गरी ४२ जनाको लगत पठाईको उनले बताए । २३ छात्रा र १९ छात्र गरी ४५ जना भने ग्रेड वृद्धितर्फका परीक्षार्थी रहेको शिक्षा समन्वय प्रमुख श्रेष्ठले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।