दोलखामा नक्कली लाइसेन्स र गाडीसहित चालक पक्राउ

 आवाज संवाददाता     १६ श्रावण २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

साउन १६, चरिकोट । नक्कली सवारी चालक अनुमतिपत्रले सवारी चलाएको आरोपमा गाडीेसहित एक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

साउन १४ गते बुधबार चरिकोट–सिंगटी सडकको भीमेश्वर नगरपालिका–२, चारथली खण्डमा ट्राफिक प्रहरीको नियमित चेकजाँचको क्रममा नक्कली सवारी चालक अनुमतिपत्रले सवारी चलाउँदै गरेको अवस्थामा गाडीसहित चालक पक्राउ परेका हुन् ।

नक्कली लाइसेन्सले सवारी चलाएको आरोपमा विगु गाउँपालिका–३, बुलुङका २७ बर्षिय चालक दिपक विश्वकर्मालाई पक्राउ गरिएको ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ परेका विश्वकर्माले चलाएको बा २० च ५३८३ नम्बरको बोलेरो समेत नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ बताए ।

विश्वकर्मालाई चालक अनुमति पत्र किर्ते गरेको मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । चालक विश्वकर्माले साथीको साथीसँगबाट २० हजार तिरेर लाईसेन्स खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।