आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता

 अावाज स‌‌वाददाता     १६ कार्तिक २०७४, बिहीबार

SatyaKhabar

काठमाण्डौ:

प्रधानमन्त्री शेरबहादुर देउवापय निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । पेट्रोलियम पदार्थको कारोबार हिजोकै मूल्यमा हुने नेपाल आयल निगमले जानकारी दिएकाे छ । यसअघिकै मूल्यमा पेट्रोलियम पदार्थको कारोबार गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गरिसकेकाे जानकारी दिइएकाे छ । उहाँले तत्काल मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएलगत्तै निगमले पुरानै मूल्यमा कारोबार हुने बताएको छ । निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ भाउ बढाएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।