पानीपुरी र चटपटेमा कुहिएको तेल

 अावाज स‌‌वाददाता     २६ पुष २०७४, बुधबार

पानीपुरी र चटपटेमा गुणस्तरहीन तेल प्रयोग हुने गरेको प्रमाण फेला परेको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले मंगलबार अनुगमन गरी पानीपुरी र चटपेटमा राख्न लागि ठिक्क पारेको कुहिएको तेल बरामद गरेको हो ।

विभागको अनुगमन टोलीले चाबहिलस्थित भत्केको पुलछेउमा रहेको कवाडी पसलमा गुणस्तरहीन तेल पानीपुरी र चटपटेमा राख्न खरिद–बिक्री भइरहेको अवस्थामा भेट्टाएको हो । अनुगमन निरीक्षक दीपक पोख्रेलले उजुरीका आधारमा कवाडी पसलमा छापा मारेको बताए । ‘पानीपुरी र चटपटेमा हाल्ने भन्दै मोबिलजस्तो कालो तेल जर्किनमा खरिद–बिक्री भइरहेको अवस्थामा फेला पारेका हौँ,’ उनले भने ।

म्याद सकिएर कुहिएका तेलको प्याकेट खोलेर जर्किनमा हाल्ने र प्रतिजर्किन ३ सयदेखि ४ सय रुपैयाँमा पानीपुरी र चटपटे व्यवसायीलाई बिक्री गर्ने गरेको उनले बताए । त्यस्तो तेल उपभोगहीन भए पनि पानीपुरी र चटपटे व्यवसायीले प्रयोग गरी जनस्वास्थ्यमा ठूलो लापरबाही गर्दै आएको उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।