माओवादी मन्त्रीहरुको राजीनामा

 अावाज स‌‌वाददाता     २८ पुष २०७४, शुक्रबार

सरकारमा बिनाविभागीय मन्त्रीका रुपमा रहेका माओवादी मन्त्रीहरुको राजीनामा पत्र गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने विषयमा लेखेको राजीनामा पत्र  बुझाए।

माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रुपमा थिए।

प्रधानमन्त्री देउवाले गत असोज ३१ गते माओवादीका मन्त्रीहरुको जिम्मेवारी खोस्दै बिनाविभागीय हैसियतको बनाएका थिए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।