दाेलखाका ९ वटा सहकारी पुरस्कृत

 अावाज स‌‌वाददाता     २८ पुष २०७४, शुक्रबार

दाेलखाका ९ वटा सहकारीले उत्कृष्ट सहकारीकाे रूपमा प्रसंशा पत्र पाएका छन्र ।  दाेलखा जिल्ला  सहरकारी सँघले ९ वटा स्थानीय तहका एक एक वटा सहकारीलाइर् उत्कृषट सहहकारीकाे रूपमा प्रशंसा पत्र वितरणा गरेकाे हाे । त्यस्तै गरी यस वर्षाकाे  दाेलखा जिल्ला वचत तथा ऋणा संघका अध्यक्ष जिवसराज खड्कालाई सहकारी वर्ष व्यक्तिबाट सम्मान गरेको छ । संस्थाले सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए वापत प्रत्येक बर्ष एक जनालाई सहकारी वर्ष व्यक्तिको रुपमा सम्मान गर्दै आएको छ । साधारण सभाको अवसरमा संस्थाले जिल्लाका प्रत्यक स्थानीय तहका एक एक वटा उत्कृष्ट सहकारीलाई सम्मान गरेको छ । जसअनुसार जिल्लाका दुई नगरपालिका र एक ७ गाउँपालिका गरि ९ स्थानीय तहका ९ वटा सहकारी सम्मानित भएका छन् ।

संस्थाले गौरीशंकर गाउँपालिकाबाट जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भिमेश्वर नगरपालिकाबाट कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी नगरपालिकाबाट जनसहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड माली, बैत्यश्वर गाउँपालिकाकाबाट जनजागरण बचत तथा ऋणसहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ ।

यस्तै,  तामाकोशीबाट महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मेलुङबाट गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड पनि सम्मानित भएको छ । संस्थाले जिल्लाको शैलुङ गाउँपालिकाबाट फलाम पोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विगुबाट सिंगटी बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेकोे छ ।

जिल्ला सहकारी संघ चरिकोट दोलखाको १२ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको हाे । साधारण सभाको प्रदेशसभाका सांसद पशुपति चौलागाईले उद्घाटन गर्नुभयो । सभाको उद्घाटन गर्दै सांसद चौलागाईले सहकारी विना विभेद सबैलाई समेट्ने संस्था भएकाले अर्थतन्त्रको एउटा हिस्सा बनेकोे बताउनुभयो । पूँजीको हिसावले हेर्दा पनि अर्थतन्त्रको करिब २० प्रतिशत सहकारीले ओगटेकोे भन्दै उहाँले प्रतिव्यक्ति आयमा पनि पाँच प्रतिशत योगदान रहेको बताउनुभयो । सभामा संस्थाका महासचिव देवी प्रसाद शर्माले सञ्चालक समितिको प्रतिवेदन र कोषाध्यक्ष कृष्ण प्रसाद दहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शर्माले असार मसान्तसम्म जिल्लामा दर्ता भएका ५ सय २३ सहकारी संस्था मध्ये ४ सय २६ वटा सहकारी सँघमा आवद्ध भइसकेको जानकारी दिनुभयो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दाहालले संस्थाको कुल आम्दानी ४ लाख ७३ हजार ३ सय ७८ रुपैंया र शेयर पूँजी ४ लाख २६ हजार रहेको बताउनुभयो ।

 

दुई कर्मचारी पनि उत्कृष्ट

सभाको अवसरमा जिल्लाभरका सहकारीमा कार्यरत उत्कृष्ट दुई जना कर्मचारीलाई पनि सम्मान गरिएको छ । संस्थाले जनचेतन वचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ, र परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सर्मिला सापकोटालाई सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष हेमन्तराज चौँलागाईको अध्यक्षतामा सम्पन्न साधारण सभामा डिभिजन सहकारी कार्यलय दोलखाका सहकारी अधिकृत टोपलाल अर्याल, जिल्ला सहकारी संघ दोलखाका सल्लाहकार शिवजी राउत, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जीवसराज खड्का, नेपाल उद्योग वाणिज्य महासंघ दोलखाका केन्द्रिय सदस्य सुदर्शन कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।