पत्नीको नाममा सरस्वतीको मन्दिर निमार्ण

 अावाज स‌‌वाददाता     ८ माघ २०७४, सोमबार

दोलखा, माघ ८

दोलखा भीमेश्वर नगरपालिका ५ निवासी समाजसेवी वम वहादुर थापाले स्वर्गीय धर्मपत्नीको नाममा सरस्वतीको मन्दिर निर्माण गरेका छन् । २०५८ सालमा दिवगंत भएकी स्वर्गीय रामकुमारी थापाको स्मृतिमा भीमेश्वर नगरपालिका ५ मा रहेको वुढाभिमसेन मावि धरमघर दोलखामा करिव २ लाखको लागतमा पक्की मन्दिर निर्माण गरेका हुन् । आज सोमवार वसन्त पञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर भीमेश्वर नगर उपप्रमुख कमला वस्नेतले विधिवत पूजा गरेर मन्दिरको उद्घाटन गरिन् । कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख वस्नेतले शिक्षा आर्जन गर्ने पवित्र थलो विद्यालयमा विद्याकी देवी सरस्वतीको मन्दिर वनाएर सहयोग गरेको भन्दै समाज सेवी थापाले गरेको निवास्र्थ शैक्षिक विकासको अनुपम उदाहरणको अनुकरण गर्न अनुरोध गरिन् ।
कार्यक्रममा मन्तव्य राख्दै वडा नं ५ का वडा रामचन्द्र कार्कीले पुरातन ढंगले शैक्षिक विकास नहुुने भन्दै अवका दिनमा योजना वनाएर अगाडि वढ्न विद्यालयलाई सुझाव दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कृष्णवहादुर कार्की, समाजसेवी रामचन्द्र थापा, वमवहादुर थापा विद्यालयका प्रधानाध्यापक राजन कार्की, विद्यार्थी दिव्या महत लगायतले शुभकामना व्यक्त गरेका थिए । यस्तै विद्यालयका लागि शैक्षिक तथा भौतिक विकासका लागि योगदान दिएको भन्दै समाजसेवी वमवहादुर थापालाई विद्यालयले सम्मान समेत गरेको छ ।

स्वर्गीय पदमकुमारी थापा स्मृति अक्षय कोष छात्रवृत्ति वितरण

समाजसेवी वम वहादुर थापाद्वारा स्थापना गरिएको स्वर्गीय रामकुमारी थापा स्मृति अक्षय कोष छात्रवृत्तिबाट वुढाभिमसेन मावि धरमघर दोलखामा अध्ययनरत २० जना बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ । अक्षय कोषबाट प्राप्त व्याजसहित अन्य रकम थप गरी विद्यालयका गरिव तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । सरस्वती पूजा अर्थात वसन्त पञ्चमीको अवसर पारेर बालबालिकालाई छात्रवृत्ति सहित विद्यालयका १ सय ९८ बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको छ । साथै वमवहादुर थापाले स्थापना गरेको १ लाख राशीको छात्रवृत्तिको कोष वृद्धिको लागि समाजसेवी थापाका माइला छोरा रामचन्द्र थापा ले १ लाख र काइँला छोरा दामोदर थापाले १ लाख गरी २ लाख रकम थप गर्नुभएको विद्यालयले जनाएको छ । थपिएको २ लाख सहित रामकुमारी अक्षयकोषमा ३ लाख रुपैयाँ जम्मा भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।