Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

डोरमणि पौडेल प्रदेश ३ का संसदीय दलका नेता

२६ माघ २०७४, शुक्रबार १५:१४

एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि डोरमणि पौडेल चयन भएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार भएको निर्वाचनबाट पौडेल विजयी भएका हुन् ।

संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल भिडेका थिए । जम्मा खसेको ५८ मत मध्ये डोरमणिको पक्षमा ३४ मत खसेको थियो भने अष्टलक्ष्मी शाक्यको पक्षमा २४ मत खसेको थियो । एमाले संसदीय दलको नेता नै यो प्रदेशको मुख्यमन्त्री हुनेछन् । यस प्रदेशमा एमालेका ५८ सदस्य छन् ।

हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

संसदीय दलको नेतामा चयन भईसकेपछि डोरमणि पौडेलले ३ नम्बर प्रदेशको राजधानी प्रक्रिया र पद्धती अनुसार निर्धारण गरिने बताए ।