चरिकोटको एनसेल टावरमा आगोलागी

 अावाज स‌‌वाददाता     १ फाल्गुन २०७४, मंगलवार

चरिकोट, १ फागुन

चरिकोटमा रहेको एनसेल टावरमा आगोलागी भएको छ । चरिकोट पानारोमा रिसोर्ट छेऊमा रहेको एनसेल टावरमा आगोका कारण टावर कन्ट्रोल रुमका सम्पूर्ण उपकरण जलेर नष्ट भएका छन् ।
सोमबार राती आगोेलागी भएको हाे । करिब १० बजेतिर एक्कासी आगोलागी भएको देखेको पानोरोमा रिर्सोटका एक कर्मचारीले जानकारी दिए । ११ बजेतिर प्रहरी आएर आगो निभाएको उनले बताए । कसरी लाग्याे भन्ने खुल्न सकेकाे छैन । प्रहरीले विद्युत सर्ट भएर लाग्यो भनेकाे छ । जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले घटनाकाे प्रकृति हेर्दा विद्युतबाट अागाे लागेकाे हुन सक्रने बताए । तर स्थानीयहरू कसैले लगाएकाे हाे कि  भन्ने अाशंका गर्छन्र ।

देशका विभिन्न ठाउँमा नेपाल कम्युनिष्ट पार्टी विप्लवले लगाएको खबर छ । तर चरिकोटको टावरमा पनि उसैले लगायो वा के भयो भन्ने चाँही अहिलेसम्म तथ्य सार्वजनिक हुन सकेको छैन । टावरमा आगोलागीपछि मंगलबार विहानसम्म एन सेल नेटवर्क विच्छेद भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।