८ रनले चुक्यो नेपाल, डिभिजन टूको उपविजेतामा सिमित

 अावाज स‌‌वाददाता     ३ फाल्गुन २०७४, बिहीबार

३ फागुन, काठमाडौं । नेपाललाई ७ रनले हराउँदै यूएईले विश्व क्रिकेट लिग डिभिजन टूको उपाधि जितेको छ । नेपाल उपविजेतामा सिमित भएको छ ।

२७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले शतक पुरा गरेपनि पर्याप्त भएन । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए । तर, जितका लागि नेपाललाई मात्र ८ रन पुगेन ।

पारस ११२ रनमा अविजित रहे । १०३ बलको सामना गरेका उनले ३ चौका र ८ छक्का हानेका थिए ।

अनलाइनखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।