दोलखामा शैक्षिक मेला गरिने

 अावाज स‌‌वाददाता     ४ फाल्गुन २०७४, शुक्रबार

दोलखा, फागुन ४
मानिसहरुमा पुस्तक पढ्ने बानीको विकास गराउन दोलखामा आगामी बैशाख महिनाको पहिलो साता शैक्षिक मेला २०७५ गरिने भएको छ ।
आज गौरीशंकर सामुदायिक पुस्तकालयद्वारा आयोजित सर्वपक्षीय छलफल कार्यक्रमले बैशाख महिनाको पहिलो साता सदरमुकाम चरिकोटमा शैक्षिक मेला २०७५ को आयोजना गर्ने निर्णय गरेको हो ।
मेलामा पुस्तक प्रदर्शनी र बिक्रीका साथै शैक्षिक प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रमसमेत प्रस्तुत गरिने छ । ३ दिवसीय सो मेलामा विभिन्न शैक्षिक स्टलहरु पनि रहनेछन् ।
मेलाको तयारीका लागि गौरीशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतको संयोजकत्वमा २५ सदस्यीय मुल समारोह समितिको आज गठन समेत भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।