माथिल्लो तामाकोसीलाई मासिक साँढे २ करोड घाटा

 अावाज स‌‌वाददाता     ४ फाल्गुन २०७४, शुक्रबार

दोलखा,  ४ फागुन
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सर्वसाधरणको सेयर नउठ्दा मासिक साँढे २ करोडभन्दा बढी व्ययभार बढेको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सर्वसाधरणको २५ प्रतिशत अर्थात २ अर्ब ६४ करोड ७५ लाख लगानी हुन्छ ।
आयोजनामा सर्वसाधारणमा अहिलेसम्म शेयर संकलन भएको छैन । सर्वसाधारणको सेयर संकलन नहुँदा आयोजनाले ऋण थपेर आयोजना निर्माण गरिरहेको छ । आयोजनामा ऋण लगानी गर्ने संस्थाहरुसँग वार्षिक १२ प्रतिशत व्याज तिर्ने सम्झौता छ । यो हिसावले वार्षिक ३१ करोड ७७ लाख सर्वसाधारणबाट उठ्ने शेयरको व्याज तिर्दै आएको छ ।
आयोजनामा आयोजना प्रभावित दोलखा जिल्लाबासीको १ अर्ब ५ करोड ९० लाख र देशभरका सर्वसाधारणबाट १ अर्ब ५८ करोड ८५ लाख उठाउनु पर्छ । तर अहिलेसम्म आयोजनाका लागि यो रकम उठेको छैन । ‘यदि सर्वसाधारणबाट रकम उठाएको भए आयोजनाका लागि व्याजमा रकम लिनु पर्ने थिए’ आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठले भने ।
आयोजनाका लागि प्रभावित क्षेत्र दोलखाबासीका लागि २०७१ फागुनदेखि नै सेयर संकलन गर्नका लागि आव्हान पत्र समेत निष्काशन भएको थियो । तर आयोजना प्रभावित क्षेत्र र मजदुरले समेत थप शेयरको माग राख्दै काम बन्द गरेपछि सेयर संकलन प्रक्रिया स्थगित भएको थियो । पछि २०७२ बैशाख १२ गते भुकम्प गएपछि यो प्रक्रिया पूरै रोकियो ।
‘त्यसबेला आयोजनाका लागि २०७२ बैशाखसम्म दोलखाबासीको र असारसम्म सर्वसाधारणको लागि छुट्याएको शेयर संकलन गर्ने योजना थियो’ कम्पनी सचिव श्रेष्ठले भने ‘त्यसपछि अहिलेसम्म त्यो रकम उठाउन सकेका छैनौं ।’ जिल्लाबासीको सेयर संकलन नगरेसम्म सर्वसाधारणको सेयर संकलन गर्न पाइदैन । जिल्लाबासीको शेयर संकलन गर्नका लागि विभिन्न कारणले शेयर संकलन ढिला भएर गत कार्तिक ३० गते मात्र कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । धितोपत्र बोर्डले समेत अहिलेसम्म अनुमति नदिंदा पछिल्लो पटक शेयर निष्काशन हुन सकेको छैन ।
आयोजनाको शेयर संरचनाअनुसार नेपाल विद्युत प्राधिकरण ४१{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, नेपाल टेलिकम ६{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, नागरिक लगानी कोष २{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, राष्ट्रिय विमा संस्थान २{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, कर्मचारी सञ्चय कोष १७ दशमलब २८{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, सर्वसाधारण १५{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, कर्मचारी सञ्चयकोषका कर्मचारी २ दशमलब ८८{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, कम्पनी र विद्युत प्राधिकरण कर्मचारी ३ दशमलब ८४{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11} र स्थानीय दोलखा जिल्लावासीको १० प्रतिशत शेयर रहेको छ ।
आयोजनामा दोलखाबासी र सर्वसाधारणको २५ प्रतिशत बाहेक सबैले लगानी गरेका छन् । कर्मचारी सञ्चय कोषका कर्मचारी, सञ्चयकर्ताहरु, टेलिकम, बीमा संस्थान, नागरिक लगानी कोष, विद्युत प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारीहरु २०७१ फागुनसम्म नै सेयर संकलन भई सकेको छ ।
आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको शेयर पुँजी ११ अर्ब ५९ करोड रहेको छ । बैंकको व्याज बाहेक ३५ अर्ब २९ करोड लागत अनुमान गरेको आयोजनामा लागत बढेर ४६ अर्बसम्म पुग्ने प्रक्ष्येपन गरिएको छ । आयोजनाको हालसम्म ९४ प्रतिशत काम पूरा भएको छ भने ३७ अर्ब जति खर्च भइसकेको छ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले आयोजनाको माघसम्म दोलखाबासीलाई शेयर जारी गर्ने तयारी भए तापनि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेको बताए । आयोजनाको शेयर जारी गर्न कम्पनी तयारी अवस्थामा रहेकाले बोर्डबाट अनुमति पाउन साथ शेयर निष्काशन गर्ने उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।