जिउँदो घोरलसहित ७ प्रहरी फन्दामा

 अावाज स‌‌वाददाता     ६ फाल्गुन २०७४, आईतवार

दोलखा प्रहरीले जिउँदै घोरल सहित ७ जनालाई पक्राउ गरेको छ ।

दोलखाको विगु गाउँपालिका ४ स्थित सिंगटी लामावगर सडक खण्ड अन्र्तगत गोंगरबाट सिंगटीतर्फ आउँदै गरेको बा ४ ख २१६ नम्वरको ट्रकमा लुकाई छिपाई ल्याउँदै गरिएको जिवित घोरल सहित ७ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ का २१ वर्षीय दावा छिरिङ शेर्पा, सोही स्थानका ३२ वर्षीय जगदीश शिवाकोटी र ३२ वर्षकै खुम प्रसाद शिवाकोटी, वडा नम्वर ७ का २७ वर्षीय रमेश श्रेष्ठ र २४ वर्षीय कुमार श्रेष्ठ तथा भिमेश्वर नगरपालिका ५ का १६ वर्षीय विकि दास र २२ वर्षीय रुपक बुढाथोकी रहेका छन् ।

ट्रकमा जिवितै वन्यजन्तु लुकाई छिपाई ल्याउँदै गरेको भन्ने सुचनाका आधार सिंगटी प्रहरीले चेकजाँच गर्दा ट्रकको पछाडी लुकाई छिपाई राखेको अवस्थामा जिवितै घोरल फेला पारिएको थियो । घटना फागुन १ गतेकै भएपनि प्रहरीले ५ दिन पछि आज मात्रै सार्वजानिक गरेको हो । १ गते राति नियन्त्रणमा लिईएको घोरललाई प्रहरीले २ गते नै गौरीशंकर संरक्षण क्षेत्र आयोजनामा बुझाएको थियो । घोरल जिवितै रहेकाले नियन्त्रणमा लिईएकै स्थान (लादुकको भोर्ले) मा लगेर छाडिएको आयोजनाको सिंगटी कार्यलयका प्रमुख, संरक्षण अधिकृत विष्णु पाण्डेले जानकारी दिनुभयो ।

नेपालको कानुनले घोरल लगाएतका वन्यजन्तु जिवितै र शिकार गरि ओसार पसारमा प्रतिवन्ध लगाएको छ । वन्यजन्तु ओसारपसारमा संलग्न व्यक्तिहरुलाई राष्ट्रिय वन्यजन्तु ऐन अन्र्तगत आवश्यक छानविन गरि कारवाही हुने गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा ती व्यक्तिहरुले जिवितै घोरललाई नियन्त्रणमा लिई विक्रि गर्नका लागि काठमाडौँ लैजान लागेका थिए । तर, घोरललाई जिवितै विक्रि गर्न दररेटमा वार्गेनिङ गर्दै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

 

प्रहरीले जिम्मा लगाएको घोरललाई जंगलमा लगेर छाड्दै संरक्षण क्षेत्रका कर्मचारी र सुरक्षाकर्मी 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।