कालिन्चोक र आँकुरा क्वार्टरफाइनलमा

 अावाज स‌‌वाददाता     ८ फाल्गुन २०७४, मंगलवार

दोलखा, ८ फागुन
दोलखा क्रिकेट संघद्वारा आयोजित जिल्ला व्यापी अन्तर माविस्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा कालिन्चोक मावि र आँकुरा बोर्डिङले जितेका छन् । यो खेलको जितसँगै कालिन्चोक र आाँकुरा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा कालिन्चोक मावि चरिकोटले कुटीडाँडा मावि मकैबारीलाई १०३ रनले पराजित गरेको छ । टस हारेर व्याटिङ गरेको कालिन्चोक माविले १२ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको चुनौती दिएको थियो । लक्ष्य पछ्याउँदै व्याटिङमा उत्रिएको कुटीडाँडा माविले १३ ओभरमा सबै विकेट गुमाउँदै ३७ रनमा समेटिएको थियो । कालिन्चोक माविका लागि रामचन्द्र सेढाइँले सर्वाधिक ३३ रन जोडेका थिए भने कालिन्चोककै लक्षण साह म्यान अफ दी म्याच भएका थिए ।
आजै भएको अर्को खेलमा आँकुरा बोर्डिङ स्कुलले अल्पाइन पव्लिक स्कुललाई पराजित गरेको छ । आँकुरा बोर्डिङ स्कुलले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै १४४ रनको लक्ष्य दिएको थियो । १४५ रनको लक्ष्य पाएको अल्पाइन पव्लिक स्कुलले १६ ओभरमा ९ विकेट गुमाउँदै १३० रन मात्रै जोड्न सफल भयो । सो खेलमा आँकुरा बोर्डिङ स्कुलका रिजन कार्की म्यान अफ दी म्याच भएका थिए ।
विजयी यी दुबै स्कुलबिच सेमीफाइनल खेल हुनेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।