एमालेले अर्थ, माओवादी केन्द्रले गृह मन्त्रालय पाउने

 अावाज स‌‌वाददाता     १० फाल्गुन २०७४, बिहीबार

मन्त्रालयको संख्या र अन्य मन्त्रालयमा भागबण्डा टुङ्ग्याउन नसकेपनि एमाले–माओवादी केन्द्रले दुई मन्त्रालयको भागबण्डा भने टुङ्ग्याएका छन्।

शक्तिशाली र महत्वपूर्ण मानिने गृह मन्त्रालय तथा अर्थ मन्त्रालय कसले लिने भन्ने टुङ्गोमा दुबै पार्टीका शीर्ष नेताहरु पुगेका हुन्।

जस अनुसार सरकारको नेतृत्व गरेको एमालेले अर्थ मन्त्रालय लिने निश्चित भएको छ भने माओवादी केन्द्रले गृह मन्त्रालय।

प्रधानमन्त्री ओलीले आज एमाले र माओबादीबाट मन्त्रीहरु थपगर्ने नेताहरुले बताएका छन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि सहमति भएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो । सकभर आजै मन्त्रीको नाम टुंगो लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भैरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन एमाले र माओवादी केन्द्र हिजैदेखि छलफलमा छन् । एमालेबाट ईश्वर पोखरेल, भीम रावल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण अर्याल, रवीन्द्र अधिकारी, कृष्णगोपाल श्रेष्ठ लगायतको नाम चर्चामा छ । यस्तै माओवादीबाट रामबहादुर थापा बादल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, मातृका यादव, पम्फा भुसाल लगायतका नेताहरु मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।