५ वर्षभित्र देशका ७ सय ५३ वटै स्थानीय तहमा विद्युत्

 अावाज स‌‌वाददाता     १० फाल्गुन २०७४, बिहीबार

राष्ट्रिय योजना आयोगले ५ वर्षभित्र देशका ७ सय ५३ वटै स्थानीय तहमा विद्युत् पु-याउने लक्ष्यका साथ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

स्थानीय निकायको सहभागितामा राष्ट्रिय ग्रिडको विस्तार एवं समानुपातिक विद्युत् वितरण गर्न ५ वर्षभित्र सम्पूर्ण नेपालीको घरमा विद्युत्को पहुँच पुग्ने आयोगका सदस्य अरविन्दकुमार मिश्रले बताए ।

अधिकतम १ मेगावाटसम्म क्षमता रहेका जलविद्युत्, वायुऊर्जा, बायोग्यास तथा सोलार परियोजना निर्माण गरी सबै स्थानीय तहमा विद्युत पु-याउने योजना अध्ययनले सिफारिस गरेको छ । त्यसका लागि २ खर्ब २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङसँगको सहकार्यमा १७ हप्ता लगाएर अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।