प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा विष्णु रिमाल

 अावाज स‌‌वाददाता     ११ फाल्गुन २०७४, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रिमाल ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि राजनीतिक सल्लाहकार नै बनेका थिए। उनी यसअघि एमाले निकट मजदुर ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव एमालेका पोलिटब्युरो सदस्यसमेत हुन्।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।