अन्तर मावि क्रिकेटको उपाधि कालिन्चोकलाई

 अावाज स‌‌वाददाता     ११ फाल्गुन २०७४, शुक्रबार

दोलखा, ११ फागुन
दोलखा क्रिकेट संघद्वारा आयोजित जिल्लाव्यापी अन्तर मावि स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कालिन्चोक मावि हात पारेको छ । आज भएको प्रतियोगितामा राइजिङ स्टार स्कुललाई ९ रनले हराउँदै कालिन्चोक माविले उपाधि जितेको हो ।
टस हारेर व्याटिङ गरेको कालिन्चोक माविले १३ ओभर रनिङमा सबै विकेट गुमाउँदै ११२ रनको चुनौती दिएको थियो । कालिन्चोक माविका लागि सीताराम साहले सर्वाधिक २५ रन लिएका थिए । राइजिङ स्टारका लागि रोहित न्यौपाने, दिक्पाल तामाङ र राजविक्रम बस्नेतले ३/३ विकेट लिएका थिए ।
जवाफमा व्याटिङमा उत्रिएको राइजिङ स्टारले निर्धारित १६ ओभरमा ९ विकेटको क्षतिमा १०३ रनमा समेटिएको थियो । राइजिङका लागि रोहित न्यौपानेले सर्वाधिक ३८ रनको योगदान गरेका थिए ।
आज भएको प्रतियोगिताको म्यान अफ दी म्याचको उपाधि कालिन्चोक माविका दिलबहादुर थामीले पाएका छन् भने म्यान अफ दी सिरिजको उपाधि राइजिङ स्टारका रोहित न्यौपानेले पाएका छन् ।
विजयी टिम तथा खेलाडीहरुलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा जिल्लाका ८ विद्यालयका १० टिमको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।