बलिउड अभिनेत्री श्रीदेवीको दुबईमा निधन

 अावाज स‌‌वाददाता     १३ फाल्गुन २०७४, आईतवार

चर्चित बलिउड अभिनेत्री श्रीदेवीको  युएईको दुबईमा निधन भएको छ।
५४ वर्षकी उनको शनिवार हृदयघातका कारण निधन भएको हो |   एक विवाह समारोहका लागि उनी छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित दुबई पुगेकी थिइन् ।

‘सद्मा, ‘मिस्टर इन्डिया’, ‘मवाली’, ‘तोह्फा’ तथा ‘चाँदनी’, ‘हिम्मतवाला’, ‘चालबाज’ ‘गुमराह’ जस्ता फिल्म खेलेर  उनी  चर्चित बनेकी थिइन् ।

श्री अम्मा एङ्गर अयप्पन श्रीदेवी वास्तविक नाम भएकी उनले बलिउड प्रवेश गर्नुअघि तेलेगु, तमिल,  मल्यालम र  कन्नड भाषाका फिल्ममा समेत काम गरेकी थिइन् ।  श्रीदेवी भारतकी रुचाइएको  महिला स्टार मध्येकी एक हुन्।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।