४ मन्त्री थपिए, खतिवडा अर्थमन्त्री, बादल गृहमन्त्री

 अावाज स‌‌वाददाता     १४ फाल्गुन २०७४, सोमबार

नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

एमालेबाट महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडा, माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र मातृका यादवले शपथ लिएका छन् ।

पोखरेलले रक्षा, खतिवडाले अर्थ, थापाले गृह र यादवले उद्योगमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।