सांसदले आज सपथ लिँदै, ४४ सांसदहरुले १० मातृभाषामा शपथ

४४ सांसदहरुले १० मातृभाषामा शपथ

 अावाज स‌‌वाददाता     २० फाल्गुन २०७४, आईतवार

संघीय सांसद्‌हरुले आज सपथ ग्रहण गर्दैछन्।  सांसदहरुको सपथ प्रतिनिधिसभाका जेष्ठ सदस्यका रुपमा राजपाका नेता महेन्द्र राय यादवले गराउनेछन्। प्रतिनिधिसभाको सभामुख चयन नहुँदासम्म सांसदमध्ये जेष्ठ सदस्यले संसद बैठक चलाउनेछन्।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण साँझ ५ बजेका लागि तय भएको छ।

दुवै सदनका सदस्यको शपथ र पहिलो बैठकको तयारी पूरा भएको जानकारी दिँदै संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले आइतबार १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको बताएका छन्।

४४ सांसदहरुले मातृभाषामा शपथ

४४ जना सांसदहरुले आफ्नो मातृभामा शपथ लिने भएका छन् । अन्य सांसदहरुले भने नेपाली भाषामै शपथ लिने छन् ।

सोमबार हुन लागेको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा ४४ सांसदहरुले १० मातृभाषामा शपथ लिन लागेका संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मैथिली, भोजपुरी, थारु, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी १० भाषामा शपथ हुनेछ ।यसअघि संसद् सचिवालयले भातृभाषामा शपथ लिन इच्छुक सांसदहरुसँग निवेदन माग गरेको थियो । सचिवालयले मागेअनुसार सांसदहरुले शपथको व्यहोरा मातृभाषमा अनुवाद गरी बुझाएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।