महराले भोली सभामुखको सपथ लिने

 अावाज स‌‌वाददाता     २५ फाल्गुन २०७४, शुक्रबार

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन् । आज सभामुखको बामगठबन्धनका तर्फबाट उनको मात्र उम्मेदवारी परेको थियो । उनले सभामुख पदको भोली सफत लिने छन् ।

१० वर्षको छोटो अवधिमा तीन पटक उपप्रधानमन्त्री, पाँच पटक मन्त्री भएका महरा ५ पटक सांसद भइसकेका छन् । भने उनि अब ५ वर्षका लागि सभामुख पद सुरक्षित भएको छ ।

पाँच वर्षका लागि सभामुख भएपछि महराले पार्टीको जिम्मेवारीबाट भने राजिनामा दिनुपर्ने छ ।माओवादी सचिवालय सदस्य रहेका महरा अब पार्टी बैठक र गतिबिधिहरुमा सामेल हुन सक्दैनन् । सभामुखको भूमिका रहुन्जेल उनी पार्टीको नेतृत्व तहमा रहन मिल्दैन ।

नेपाालमा सभामुख भइसकेका व्यक्ति उपप्रधानमन्त्री र मन्त्री पनि भएका छन् । तर, उपप्रधानमन्त्री भइसकेका व्यक्ति भने सभामुख भएका थिएनन् । तथापी उनले यो इतिहाँस पनि बनाएका छन् । रामचन्द्र पौडेल सभामुख भएर मन्त्री बने । तर, महरा भने उपप्रधानमन्त्री र विभिन्न महत्वपुर्ण मन्त्रालय सम्हालिसकेर सभामुख बन्न गएका छन् । संवैधानिक मर्यादाक्रमका हिसाबले सभामुख माथिल्लो पद हो ।
उपप्रधानमन्त्रीसंगै अर्थ, गृह, परराष्ट्र र सूचना तथा सञ्चार जस्ता प्रभावशाली मन्त्रालय चलाइसकेका महरा सभामुखमा गएसँगै उनको सक्रिय राजनीति कसरी बढ्ने हो भोलीका दिनले बताउला ।

२०१५ असार १५ गते रोल्पाको लिवाङ ७ धारापानीमा जन्मिएका महराले स्नातक तह उत्तीर्ण गरेका छन् । उनी २०३६ देखि २०४८ सम्म विज्ञान र गणित शिक्षक थिए । २०४८ को आमनिर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाबाट रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्व्चित भएका उनी माओवादी जनयुद्धमा सुरुदेखि सक्रिय रहे ।

२०५८ सालमा माओवादी र तत्कालीन सरकारसँग भएको पहिलो वार्तामाउनी संयोजक थिए । त्यसपछि सरकारसँगभएको वार्ताहरुमा लगातार संलग्न रहेका महरा २०६३ पुसमा अन्तरिम व्यवस्थापिका(संसदको सदस्यसँगै संसदीय दलको नेता बने ।

२०६३ चैतमा अन्तरिम सरकारको सञ्चारमन्त्री बनेका उनी यो बीचमा पाँच पटक मन्त्री बनेका छन् । यो अवधिमा माओवादी सहभागी दुई सरकारमा मात्र उनी अटाएनन् ।

तत्कालीन प्रधानमन्त्रीहरु झलनाथ खनाल, प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री समेत बनेका महराले सूचना तथा सञ्चार, गृह, अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।