प्रधानमन्त्री ओलीले भोलि ३ बजे संसदमा विश्वासको मत लिने

 अावाज स‌‌वाददाता     २६ फाल्गुन २०७४, शनिबार

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली ३ बजे संसदमा विश्वासको मत लिने भएका छन् ।

फागुन २७ गते आइतबार बस्ने दोश्रो बैठकमा प्रधानम्नत्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेश हुनेछ भने पहिलो बैठकमा प्रधानमन्त्रीलाई शुभकामना दिने कार्यक्रम राखिने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । ओलीलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा बोल्दै प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम आईतबार अपरान्ह बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था गरिएको बताएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।ओली

प्रधानमन्त्री ओलीलाई राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राजपा लगाएतले समर्थन गर्ने भएका छन् । यो सर्मथनसंगै ओलीको पक्षमा आइतबार मत विभागज हुँदा दुई तिहाई पुग्ने अवस्था रहेको छ ।

२ सय ७५ सदस्यीय संघीय संसदमा नेकपा एमालेको १ सय ५१, नेकपा माओवादी केन्द्रको ५३ र संघीय फोरमको १३ सांसद रहेका छन्, राजपा १२ र राप्रपा १ सांसद रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।