युएस बंगलाको जहाज दुर्घटना दुई पाइलटसहित ४९ को मृत्यु, घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै
अावाज सवाददाता २८ फाल्गुन २०७४, सोमबार२८ फागुन काठमाडौं । युएस बंगलाको जहाज दुर्घटनामा परी दुई पाइलट र ४७ यात्रुको मृत्यु भएको छ । दुई जना चालक दलका सदस्यसहित २२ जना घाइतेको उपचार भइरहेको जनाईएको छ ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ भने बाँकी १८ जनाको उपचारका क्रममा राजधानीका विभिन्न अस्पतालमा मृत्यु भएको छ ।
विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु रहेका थिए । तीमध्ये ३३ जना नेपाली रहेका थिए । यात्रुमध्ये १५ बगलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी रहेको जनाईएको छ । भने बाँकी नेपाली यात्रुमध्ये धेरै ट्राभल एजेन्सीमा काम गर्ने थिए । मृत्यु भएकामध्ये कति नेपाली थिए भन्ने पुष्टि भै सकेको छैन ।
जहाजमा ३२ जना बंगाली १ जना माल्दिभ्सका नागरिक र १ चिनियाँ नागरिक रहेको बुझिएको छ ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरण गर्ने क्रममा दुर्घटनामा परी आगलागी भएको थियो ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।