राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित, भोली सपथ

 अावाज स‌‌वाददाता     २९ फाल्गुन २०७४, मंगलवार

२९ फागुन, काठमाडौं । विद्यादेवी भण्डारी नेपालको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएकी छिन् । राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा उनी दुई तिहाई भन्दा ठूलो मतभार सहित विजयी भएकी हुन् । उनले ३९,२७५ मत प्राप्त गरेकी छन् भने भण्डारीकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईले ११,७३० मतभार प्राप्त गरेकी छन् ।

भण्डारी संसदको सबैभन्दा ठुलो दल नेकपा एमालेको तर्फवाट उम्मेद्वार भएकी हुन् । उनी यस अघि २०७२ कात्तिक ११ गते राष्ट्रपति चयन भएकी थिइन् । उनिले भोलीबाट दोस्रो कार्यकालको लागि राष्ट्रपतिमा सपथ लिने भएकी छिन् । पहिलो पटक उनलाई रुपान्तरित संसदले राष्ट्रपति चयन गरेको थियो ।

राष्ट्रपति भण्डारी २०५४ सालमा जनसंख्या तथा वातावरण मन्त्री भएकी थिइन् भने २०६६ सालमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनी एमाले नेता मदन भण्डारीकी श्रीमति हुन् । उनले मदन भण्डारीसँग २०३९ सालमा विवाह गरेकी थिइन् । २०५० सालमा मदन भण्डारीको रहस्यमय दुर्घटनामा निधन भएपछि उनी राजनीतिमा सक्रिय भइन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।