गगन थापाले प्रस्तुत गर्ने भए कांग्रेस बैठकमा युवा केन्द्रीय सदस्यको संयुक्त प्रस्ताव

 अावाज स‌‌वाददाता     ११ बैशाख २०७५, मंगलवार

काठमाडौं–काँग्रेस केन्द्रीय समितिको बैठकमा युवा केन्द्रिय सदस्यहरुको संयुक्त प्रस्तावलाई गगन थापाले प्रस्तुत गर्ने भएका छन्।
अधिकांश युवा नेताहरुले बोलिसकेकाले थापाले बोलेपछि उनले संयुक्त प्रस्ताव पेश गर्ने बताइएको छ। ५१ पृष्ठ लामो संयुक्त प्रस्ताव रहेको बताइएको छ। हस्ताक्षर बाँकी केही युवा नेताले फाइनल कपी हेरि हस्ताक्षर गरेपछि पेश गरिने केन्द्रिय सदस्य प्रदीप पौडेलले रातोपाटीलाई बताए।
हिजो बुझाउने तयारी भएपनि धेरैलाई समेट्ने प्रयासले एक दिन ढिलो गरिएको अर्का नेता कल्याण गुरुङले बताए । 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।