महाथिर पुनः मलेसियाका प्रधानमन्त्री

 अावाज स‌‌वाददाता     २७ बैशाख २०७५, बिहीबार

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् ।

निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११३ सिट जितेको छ । सरकार बनाउनका लागि ११२ सिट भए पुग्छ ।

महाथिर २ वर्षसम्म मात्रै प्रधानमन्त्री बन्नेछन् । त्यसपछि उनले अर्का नेता अनबर इब्राहिमलाई सत्ता हस्तान्तरण गर्नेछन् । इब्राहिम हाल यौन उत्पीडनको आरोपमा जेलमा छन् । उनलाई आममाफी दिलाउने र उप–निर्वाचन गराएर प्रधानमन्त्री पद हस्तान्तरण गर्ने महाथिरको योजना रहेको बताइन्छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।