नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने सहमति

 अावाज स‌‌वाददाता     ३१ बैशाख २०७५, सोमबार

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभामालाई सम्बोधन गरेका छन् ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका सम्बन्धमा उनले संसदलाई जानकारी गराएका थिए ।

सम्बोधनमा उनले भारतका प्रधानमन्त्रीसँग नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने सहमति भएको जानकारी गराए । साथै उनले संविधान दिवसलाई आधार मानेर विगतमा भएका दुई देशीय सन्धि सम्झौतालाई कार्यान्वय गर्ने सहमति भएको उनले बताए ।

उनले संसदलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीसँग आन्तरिक मामलामा हस्तक्षेप नगर्ने भौगोलिक अखण्डता तथा राष्ट्रिय हितलाई सम्मान गर्ने विषयमा उच्च स्तरीय सहमति भएको बताए ।

काठमाडौं–रक्सौल रेलमार्गका लागि संयुक्त कार्य दल बनाएर सर्वेक्षण गर्ने र सम्झौता पत्रमा छिट्टै हस्ताक्षार गर्ने समझदारी भएको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।