प्रदेश ३ सरकार ५० अर्ब बजेटको तयारी

 अावाज स‌‌वाददाता     ६ जेष्ठ २०७५, आईतवार

आगामी आवमा प्रदेश ३ सरकारले झन्डै ५० अर्बहाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेशको आन्तरिक स्रोतबाट ३० अर्ब र थप रकम संघीय सरकारबाट प्राप्त हुने अनुदानका आधारमा जुटाइने उनको भनाइ छ । मन्त्री ढुंगेलका अनुसार हेटौँडा–काठमाडौं सुरुङमार्ग र ठूला सडक योजना पनि बजेटमा समेटिनेछ । प्रदेश सभाको गत मंगलबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आव ०७५/०७६ का लागि बजेट विनियोजन कार्यविधिको सैद्धान्तिक प्रस्ताव प्रस्तुत गरेका छन् । मन्त्रालयले सातवटै मन्त्रालयलाई बजेटको सिलिङ तोकेर योजना छनोटको जिम्मा दिएको छ । सरकारले प्रदेश विकासका लागि प्राथमिकताका आधारमा विकास रणनीति तयार गरेको प्रवक्ता तथा आर्थिक मामिलामन्त्री कैलाश ढुंगेलले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।