सरकारको नीति तथा कार्यक्रम संसद्‌मा बहुमतले पारित

 अावाज स‌‌वाददाता     १३ जेष्ठ २०७५, आईतवार

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ।

आइतबार प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले निर्णयार्थ पेश गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभामा सो प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो।

सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो। त्यसमध्ये कांग्रेस नेता डा मिनेन्द्र रिजाल र राजपाका अनिलकुमार झाले भने संशोधन प्रस्ताव फिर्ता लिन मानेनन्।
गत जेठ ७ गते संघीय संसदको दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन्।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कार्यक्रमबिनाको नीति आएको भन्दै आलोचना गरेको थियो भने सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम र राजपाले संविधान संशोधन गर्ने प्रतिबद्धता नआएको भन्दै असन्तुष्टि जनाएका थिए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।