कैद माफी पछि नेता बालकृष्ण ढुंगेल जेलमुक्त

 अावाज स‌‌वाददाता     १५ जेष्ठ २०७५, मंगलवार

गणतन्त्र दिवसको अवसरमा बाँकी कैद माफी भएपछि नेता  बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन्। मंगलबार बिहान ७ बजे नै उनी डिल्लीबजार कारागारबाट छुटेका छन्।

सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार ढुंगेलसहित ८ सय १६ कैद माफीको प्रस्ताव स्वीकृत गरेकी हुन्। सोही अनुसार कैदीहरु देशभरीका कारागारबाट बिहानै छुटेका हुन्। डिल्लीबजार कारागारबाट ढुंगेलसहित २६ जना छुटेका छन्।   ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यासम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका थिए । शुभचिन्तक र आफन्तले खादा लगाएर उनकाे  स्वागत गरेका छन् । उनको स्वागतको लागि देवी खड्का लगायत तत्कालीन  माओवादी नेताहरु कारागार पुगेका थिए ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले कैद माफीसम्बन्धि सिफारिसको निर्णय गरेको थियो।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।