साना किसानले साझा सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा

 अावाज स‌‌वाददाता     १५ जेष्ठ २०७५, मंगलवार

बजेटमा साना किसानले साझा सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरिएको छ।  यसैगरी बाली लगाउनुअघि नै कृषि उपजको मूल्य तोकिने ब्यबस्था गरिएको छ।

जुट, गलैँचा, जुत्ता, हस्ताकला जस्ता निर्यातजन्य उपजकालागि प्रोत्साहन प्रवर्द्धन गर्ने ब्यबस्था गरिएको छ।

यसैगरी  कृषकले मोबालइबाट कृषिको वारेमा जानकारी पाउने बजेटमा ब्यबस्था गरिएको छ। महिलाले संचालन गर्ने सामुहिक परियोजनामा ६ प्रतिशत ब्यजमा १५ लाखसम्मको अनुदान दिने ब्यबस्था गरिएको छ।

स्थानीय तहको समहभागितामा जडीबुटी प्रसोधनको लागि बजेट छुट्टाइने ब्यबस्था गरिएको छ। साथै प्रत्येक वडामा कृषि ज्ञान केन्द्र स्थापना गरिने ब्यबस्था छ। बजेटले कृषि वीमामा ७५ प्रतिशत अनुदानको निरन्तरता दिएको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।