कांग्रेसको बजेटबारे १४ बुँदामा आलोचना

 अावाज स‌‌वाददाता     १७ जेष्ठ २०७५, बिहीबार

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटबारे १४ बुँदामा आलोचना गरेको छ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उसले बजेटप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो। प्रमुख  प्रतिपक्षी दलका नाताले मुलुकको समृद्धिका लागि रचनात्मक सहयोग गर्नु आफ्नो कर्तव्य भन्दै उसले बजेटमा रहेको अन्योल, विरोधाभाष र कमजोरी औल्याउनु दायित्व भएको दाबी समेत गरेको छ।

कांग्रेसले सहज राजनीतिक अवस्थामा बहुमतप्राप्त सरकारले जुन इच्छाशक्ति, भिजन र कार्यक्रमसाथ बजेट आउनुपर्थ्यो, त्यसरी आउन नसकेको टिप्पणी गरेको छ। वाम दलले कांग्रेसको नीतिको आलोचना गर्दै निर्वाचनमा जाने र सत्तामा आएपछि त्यही नीति पछ्याउँदै बजेट ल्याएको टिप्पणी समेत गरिएको छ। बजेटलाई कांग्रेसले ‘वायुपंखीको नारा, कछुवा शैलीको परिणाम’ को संज्ञा दिएको छ।

यस्ता छन् बजेटबारे कांग्रेसका १४ बुँदे टिप्पणी:

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।