भ्रष्टाचारीको मुख पनि हेर्दिन, हेण्डसम होस की व्यूटिफुल : प्रधानमन्त्री

 अावाज स‌‌वाददाता     २१ जेष्ठ २०७५, सोमबार

प्रदेश ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्भ्रष्टाचार गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।  उनले भने, ‘पहिला कारबाही हुन्छ। त्यसपछि बल्ल हेरौँला। मेरो मान्छे थियो की, मेरो पार्टीको थियो, हेन्डसम थियो की, व्यूटिफुल थियो केही पनि हेर्दिन् कारबाही हुन्छ।’

उनले मुलुकको विकासका लागि पनि सरकारले भ्रष्टाचार उन्मूलन अभियान नै सञ्चालन गर्ने बताए। प्रधानमन्त्री ओलीलेसरकारले गरिबी, भ्रष्टाचार र पछौटेपनको विरुद्ध आक्रमणको नीति लिएको बताए।

प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि भ्रष्टाचारलाई अन्त्य गर्न सहकार्य गरेर अघि बढ्न प्रदेश सरकारहरूलाई पनि आग्रह गरे। उनले कृषिको आधुनिकीरकरण, व्यवसायिकीकरण गर्ने प्रतिबद्धता पनि जनाए।

प्रधानमन्त्री ओलीले भारतले समेत प्रतिस्पर्धा गर्न नसक्ने गरी सिमेन्टको उत्पादन गर्न सक्ने कच्चा पदार्थ नेपालसँग रहेको भन्दै सिमेन्ट उत्पादन गरी निर्यात गर्ने बताए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।