सहुलियतमा उपचारका लागि दोउवा संघ र सामुदायिक अस्पतालबिच सम्झौता

 शम्भु गौतम     २२ जेष्ठ २०७५, मंगलवार

दोलखा जेठ २२
दोलखा उद्योग बाणिज्य संघले आफ्ना सदस्यहरुको सहुलियतमा स्वास्थ उपचार गर्नका लागि दोलखा सामुदायिक अस्पतालसँग सम्झौता गरेको छ ।
दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र दोलखा सामुदायिक अस्पतालका अध्यक्ष अमृत बुढाथोकी बिच उपचारका सम्पूर्ण सेवामा २० प्रतिशत छुट गर्ने सम्झौता भएको हो ।
उद्योगी ब्यवसायीहरुको पेशागत संरक्षणका साथै जीवन रक्षाको लागी सहुलियतमा स्वास्थ्य उपचार सेवा दिन दोलखा उद्योग बाणिज्य संघकै इतिहासमा नमुना योग्य कामको सुरुवात भएको अध्यक्ष कार्कीले दावी गरे । उनले जीवन रहे मात्रै सबैथोक पाइने भएकोले आफ्ना सदस्यहरुको सेवामा निरन्तर लागिरहने बताए ।
सम्झौता अनुसार दोलखा उद्योग बाणिज्य संघका सदस्यहरुलाई ओपीडी सेवामा सतप्रतिशत छुट, फार्मेसीमा ५ प्रतिशत र अन्य सेवामा २० प्रतिशत छुट गरिनेछ । पहिलोपटक एक बर्षको लागि सम्झौता भएको दोलखा उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।