नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता

 अावाज स‌‌वाददाता     २४ जेष्ठ २०७५, बिहीबार

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भर्इ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएकाे छ । निर्वाचन अायाेगले  नेकपा दर्ता गरेकाे हाे ।

पार्टी एकीकरणपछि नेकपाले ३ जेठमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो ।

तर, अायाेगमा ऋषि कट्टेलकाे नेतृत्वमा यसअघि नै नेपाल कम्युनिष्ट पार्टी नामकाे दल दर्ता रहेकाले एकीकृत पार्टीले नेपाल कम्युनिस्ट पार्टी ‘अण्डरलाईन’ दर्ताका लागि निवेदन दिएकाे थियाे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।