अपर तामाकोशीको आइपीओ बिक्री गर्न स्वीकृति

 अावाज स‌‌वाददाता     २४ जेष्ठ २०७५, बिहीबार

नेपाल धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावरलाई कुल २ करोड ६४ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्न स्वीकृति दिएको छ ।   कम्पनीले कुल कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता (१० प्रतिशत ) आयोजना प्रभावित स्थानीयलाई र १ करोड ५८ लाख ८५ हजार कित्ता (१५प्रतिशत ) सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए ।

२०७१ सालमा तत्कालीन जिल्ला विकास समितिले गरेको सर्वेक्षणअनुसार दोलखाको जनसङ्ख्या २ लाख ८२ हजार १ सय २५ छ । त्यसमध्ये अति प्रभावित ‘क’ वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको बाँकी क्षेत्रको जनसङ्ख्या १ लाख ९५ हजार ६ सय ९४ छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।