फ्रान्सले उपाधिसहित ३९ मिलियन डलर पायो, कसले कति पाए ?

 शम्भु गौतम     ३२ असार २०७५, सोमबार

एजेन्सी
काठमाडौँ, असार ३२

रसियामा सम्पन्न २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि २० वर्षपछि फ्रान्सले जितेको छ । आइतबार मस्कोमा क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदै फ्रान्सले दोस्रो पटक उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफी र ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ ।
दोस्रो भएका क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ । यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ ।
रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ । यसअघि ब्राजिल विश्वकप सन् २०१४ को विश्वकप तुलनामा ४० प्रतिशत अर्थात ३० लाख डलर बढी छ ।
ब्राजिलको विश्वकपमा कुल पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा यो रकम ४२० मिलियन डलर थियो ।
त्यसैगरी स्पेनमा १९८२ भएको विश्वकपमा २० मिलियन डलर, मेक्सिकोमा १९८६ मा २६ मिलियन डलर, इटालीमा १९९४ मा ५४ मिलियन डलर, अमेरिकामा १९९४ मा ७१, फ्रान्समा १९९८ मा १०३, दक्षिण कोरिया र जापानको संयुक्त आयोजनामा २००२ मा भएको विश्वकपमा १५६.६ र जर्मनीमा २००६ मा सम्पन्न खेलमा २६६ डलर पुरस्कार थियो । इतिहास हेर्ने हो भने विश्वकपको पुरस्कार राशी प्रत्येकपटक बढ्दै गएको देखिन्छ ।
कसले कति पाए
क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६(१६ मिलियन डलरका दरले पुरस्कार पाएका छन् । क्वार्टरफाइनलबाट बाहिरिनेमा उरूग्वे, ब्राजिल, रसिया र स्विडेन छन् ।
यस्तै प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम (पोर्चुगल, अर्जे्न्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बिया) ले १२(१२ मिलियन अमेरिकी डलरका दरले पाए । यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८(८ मिलियन डलर पाएका छन् ।

सेतोपाटीबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।