दोलखाका पवन गिरि नेपाल आईडल सिजन टुमा

 अावाज स‌‌वाददाता     ३१ भाद्र २०७५, आईतवार

काठमाडौ भदौ ३०

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर पाँचमा जन्मेर काठमाडौको शंकरदेब क्याम्पसमा स्नातक तह अध्ययनरत पवन गिरि आफ्नो क्षमतालाई बाहिर ल्याउन नेपाल आईडल सिजन टुमा सहभागी भएका छन् । गिरीलाई सानैदेखी गायन, लेखन, संगीतमा रुची थियो।तर उनले पारिवारिक समस्या ,  नाजुक आर्थिक स्थितिका कारणले आफ्नो कला बाहिर प्रस्तुत गर्ने उचित वातावरण पाएनन् । संगित सिक्ने मन हुदाँहुँदै पनि उनले सिक्न सकेनन् । सानै देखी गायक बन्ने सपना बोकेका उनलाई अहिले एपीवानमा संचालन भईरहेका नेपाल आईडल उनको क्षमता देखाउने फोरम बनेको छ । उनी उत्कृष्ठ २० भित्र पर्न सफल भएका छन् । उनी विशेष गरि बेस्टन ज्याज टाईपको गीत गाउन रुचाउँछन् । पर्याप्त मात्रामा संगित सिक्नको लागी नसके पनि पछिल्लो दुई वर्ष यता उनी संगित संग आवद्ध हुन थालेका छन् । उनी कहिलेकाही आफ्नो चाहाना पुरा गर्न तथा पकेट खर्च जुटाउनका लागी आफुले चिनेका साथीहरुसंग  कहिलेकाही ठमेलका क्लबहरुमा गएर गित गाउने गर्दछन् । उनका बाबु भिमबहादुर गिरी आरआर क्याम्पसमा पालेको काम गर्दछन् । पालेको  काम गरेर जिविकोपार्जन गर्ने गिरी परिवारले पवनलाई उनको ईच्छा अनुसार परिवारले संगित सिकाउन सकेनन् ।पवन अहिले आफै खर्च जुर्टार संगित सिक्न थालेका  छन् । उनले आफ्नो क्षमता नेपाल आईडलमा प्रस्तुत गरिरहेका छन्  । बच्चादेखीको गायक बन्ने  सपना पुरा गर्न उनी नेपाल आईडलमा सहभागी भएका छन्

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।