छैठौँ खरिढुङ्गा गोल्डकपको उपाधि सिलढुङ्गालाई

 शम्भु गौतम     २४ कार्तिक २०७५, शनिबार

दोलखा, कात्तिक २४

एक्टिभ व्वाइज क्लब खरिढुङ्गाको आयोजनामा भएको छैठौँ खरिढुङ्गा गोल्डकप फुटबल २०७५ को उपाधि सिलढुङ्गा युथ क्लब, सिन्धुपाल्चोकले हात पारेको छ ।
आज खरिढुङगाको खेलमैदानमा भएको प्रतियोगितामा दोलखाली टीम बुद्ध युथ क्लबलाई ४–१ को गोल अन्तरले पराजित गदैै सिलढुङ्गाले उपाधि हात पारेको हो ।
विजयी टीम तथा खेलाडीहरुलाई एक कार्यक्रमका बिच प्रमुख अतिथि रणभीम गणका गणपति विदुर अधिकारीले ट्रफी तथा पुरस्कार प्रदान गरेका छन् । त्यसैगरी कार्यक्रमका विशेष अतिथि सशस्त्र प्रहरी बल, दोलखाका प्रहरी नायव उपरीक्षक किरण कुमार कठायत तथा दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले समेत पुरस्कार तथा मेडल प्रदान गरेका थिए ।
प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार रुपैया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी दोस्रो हुने टीमले २५ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी सेमीफाइनल पुग्ने टिमलाई १०÷१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
गत कात्तिक १७ गतेदेखि सुरु भएको प्रतियोगितामा दोलखा र सिन्धुपाल्चोकका २२ टीमको सहभागिता रहेको थियो । प्रतियोगिता एक्टिभ व्वाइज क्लब खरिढुङ्गाका अध्यक्ष जयबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।