थप २५ स्थानमा केबुलकार प्रस्ताव

 अावाज स‌‌वाददाता     २८ कार्तिक २०७५, बुधबार

अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २३ वटा कम्पनीले अनुमतिका लागि प्रस्ताव गरेका छन् । यस्तै, संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयसँग आईईएई (वातावरणीय अध्ययन अनुमति) का लागि दुईवटा आवेदन परेको छ ।

 मन्त्रालयका अनुसार इलामको पाथिभरा दर्शन प्रालि, बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्मको त्रिवेणी केबुलकार, इलाम पाथिभरा दर्शन, हिमाल दर्शन, दिव्यदर्शनलगायतका केबुलकार कम्पनी निर्माणको चरणमा रहेका छन् । त्यसैगरी, मौलाकालिका दर्शन प्रालि, मौलाकाली केबुलकार प्रालि, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुुक्तिनाथ दर्शन, घ्याम्पेफेदी, गोसाइकुुण्ड केबुलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबुलकार, गोसाइकुण्ड दर्शन प्रालि र शिवपुरी इकोटुरिजम एन्ड केबुलकारलगायतका कम्पनीहरू सञ्चालनको पर्खाइमा छन् ।

राजधानी दैनिक

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।