प्रकाश स्मृति कप : उद्घाटन खेलमा दोलखा विजयी

 शम्भु गौतम     १ मंसिर २०७५, शनिबार

दोलखा, मंसिर १

प्रकाश स्मृति कप २०७५ फुटबल प्रतियोगिताको पहिलो संस्करणमा दोलखा जिल्ला फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा द ओसन क्लब गोरखालाई पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
उद्घाटन खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेको दोलखा जिल्ला फुटबल संघले पेनाल्टी सुटआउटमा गोरखालाई पराजित गरेको हो ।
खेलको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका हुन् । प्रतियोगिताको उद्घटन गर्दै दाहालले प्रतियोगिताले दोलखा र मुलुककै खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।
यसअघि अध्यक्ष दाहालले नेकपा दोलखाको कार्यालयमा गई नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए ।
प्रतियोगितामा विभिन्न जिल्लाका १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आगामी मंसिर ७ गते हुने कार्यतालिका रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।