आजको खेलमा चितवन र दीपशिखा विजयी

 शम्भु गौतम     २ मंसिर २०७५, आईतवार

दोलखा, मङ्सिर २

प्रकाश स्मृति कप २०७५ खुला फुटबल प्रतियोगिताको पहिलो संकरणको आजको खेलमा आज चितवन जिल्ला फुटबल संघ र दीपशिखा युवा समूह, नैकाप विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा चितवन जिल्ला फुटबल संघले सिन्धुपाल्चोक जिल्ला फुटबल संघलाई २–१ गोलको अन्तरले पराजित गरेको छ ।
चितवन जिल्ला फुटबल संघका लागि अनिल राणा मगरले गोल गरेका थिए । सिन्धुपाल्चोक फुटवल संघका लागि युवराज ढकालले खेलको ५५ मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएका थिए । तर खेलको अन्ततिर चितवनले गरेको गोल निर्णायक हुन पुग्यो ।
त्यसैगरी आजै भएको दोस्रो खेलमा भक्तपुर जिल्ला फुटवल संघलाई दिपशिखा युवा समूह, नैकापले ०–३ गोल अन्तरले पराजित गरेको छ । दिपशिखाको लागि खेलको २९ औँ मिनेटमा साहिल अधिकारीले १ गोल गरेका थिए । त्यस्तै खेलको ७० औँ मिनेटमा कायुआगी र ८८ मिनेटमा कायु ले एकएक गोल गर्दै भक्तपुर जिल्ला फुटबल संघलाई दीपशिखाले ०–३ गोल अन्तरले स्तव्ध बनायो ।
नेकपाका अध्यक्ष पुष्पकमल दहालको छोरा प्रकाश दाहालको स्मृतिमा आयोजना गरिएको खुला फुटबल खेलका विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख २५ हजार साथै शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा देशभरका विभिन्न कल्व तथा फुटवल संघ गरी १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मंसिर ७ गते हुनेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।