प्रहरीलाई घटना र अपराधको जानकारी दिन १०० मा एसएमएस गर्न सकिने

 अावाज स‌‌वाददाता     ३ मंसिर २०७५, सोमबार

नेपाल प्रहरीले ‘निःशुल्क एसएमएस सेवा’ सञ्चालनमा ल्याएको छ।

अपराध नियन्त्रणका लागि नागरिकको सूचना लिने कामलाई अझै सहज बनाउन नेपाल प्रहरीले आइतबारबाट ‘निःशुल्क एसएमएस सेवा’ सञ्चालनमा ल्याएको हो।

१३औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गरिएको हो। निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्कीले अपराध नियन्त्रणका लागि नागरिकसँग अझै सहज ढंगले सूचना लिन सो सेवाको सूरुवात गर्नु परेको स्पष्ट पारे।

नेपाल प्रहरीको टोल फ्री नम्बर १०० मा नै एसएसएस पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ। नेपाल प्रहरीलाई सो सेवा नेपाल टेलिकमले उपलब्ध गराएको हो।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।