पूर्वलडाकुद्वारा गृह मन्त्रालयमै विष सेवन

 अावाज स‌‌वाददाता     ६ मंसिर २०७५, बिहीबार

गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । ३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् ।

द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए ।

तत्कालै सुरक्षाकर्मीले उनलाई वीर अस्पताल पु-याएका थिए । अस्पतालले विष सेवन गरेको पुष्टि गरेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भट्टरार्ई पूर्वलडाकुहरूको एक समूहसँगै काठमाडौंमा बस्दै आएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।