सिभिल बैंकको आठौँ वार्षिकोत्सवमा वृक्षरोपण

 अावाज स‌‌वाददाता     ११ मंसिर २०७५, मंगलवार

सिभिल बैंकले आठौं वार्षिकोत्सवको अवसरमा पशुपति क्षेत्रको चक्रपथसँग जोडिएको पार्किङ क्षेत्रमा वृक्षरोपण गरेको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङको सभापतित्वमा औपचारिक कार्यक्रम गरी वृक्षरोपण गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा विशेष अतिथि रहेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू, बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यावरण र सांस्कृतिक सम्पदाको संरक्षण एवं संवद्र्धन प्राथमिकतामा राखेको बैंकका सिइओ गोविन्द गुरुङले बताए । सोही नीतिअनुसार वृक्षरोपण गरिएको भन्दै उनले ३ सयवटा वृक्षरोपण गरिएको र उक्त बिरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने जिम्मेवारी बहन गरिने बताए ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले बैंकको कार्य सराहनीय भएको बताए । बैंकका अध्यक्ष इच्छाराज तामाङले पाशुपत क्षेत्रजस्तो देवभूमिमा वृक्षरोपणजस्तो पावन कार्य गर्न पाउँदा खुसी लागेको बताए । बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोड ५० लाख मुनाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६३.९९ प्रतिशत बढी हो ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।