आफ्नी पत्नीको कुटीकुटी हत्या !

 शम्भु गौतम     ११ मंसिर २०७५, मंगलवार

दोलखा, मंसिर ११

जिरी नगरपालिका ९, ठुलोपातालका ३५ वर्षीय तस्विर तामाङले आफ्नी पत्नी राममाया तामाङको कुटेर हत्या गरेको दोलखा प्रहरीले जनाएको छ ।
तस्विरले काठको मुस्लीले टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गर्दा राममायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका दोलखाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
हत्याका आरोपी तस्विर हाल फरार रहेको र उनको खोजी कार्य भैरहेको दोलखा प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।