प्रधानन्यायधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस कृष्ण कट्टेल काठमाडौं | ०१ घन्टा अगाडि 29 Shares Share Tweet

 अावाज स‌‌वाददाता     २७ मंसिर २०७५, बिहीबार

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वाेच्चका वरिष्ठ न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ ।

बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा जबराको नाम सिफारिस गरेको हो ।  बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागि थिए ।  जबराको नाम सिफारिससँगै संसदीय सुनुवाइको लागि बाटो खुलेको छ ।

प्रधानन्यायधीशमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले सपथ गराउने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायधीशको लागि न्यायपरिषदले सर्वाेच्चका वरिष्ठ न्यायधीश दिपकराज जोशीकोे नाम पनि पहिलो नम्बरमा पठाएको थियो । तर जोशीको नाम सिफारिस हुन सकेन ।

संवैधानकि परिषदको बिहीबारको बैठकले संवैधानिक आयोग गठनको विषयमा सामान्य छलफल मात्रै ग-यो । आयोग गठनबारे कांग्रेस महासमिति बैठक पछि मात्रै बृहत्त छलफल हुने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।