प्रभु वैंकको नेतृत्वमा सिन्धुज्वाला हाइड्रोपावरको बित्तिय व्यवस्थापन

 अावाज स‌‌वाददाता     २८ पुष २०७५, शनिबार

काठमाडौ ।
सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले ४३ मेगावाटको अपर नेसम खोला जलविद्युत आयोजना र २१ मेगावाटको अपर नेसम खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सिन्धुपाल्चोकको जुगल गाउपालिकामा पर्ने रन अफ रिभरमा आधारित आयोजनाको कुल लागत ७ अर्व रुपैया पर्ने बताइएको छ । त्यसमध्य बित्तिय व्यवस्थापनको लागि प्रभु बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड रुपैयाँको ऋण सम्झौता भइसकेको काठमाडौमा सम्पन्न कम्पनीको दोस्रो साधारणसभामा जानकारी गराइएको छ । साधारणसभाले आर्थिक प्रतिवेदन २०७४÷०७५, लेखापरीक्षकको प्रतिवेदन २०७४÷०७५, वित्तीय अवस्थाको विवरण, आय विवरण तथा सो अवधिको नगद प्रवाह विवरण पारित गर्दै आर्थिक वर्ष २०७५÷०७६ को लागि लेखापरीक्षक नियुक्त गरेको छ । त्यसैगरी प्रबन्धपत्र नियमावलीको संशोधन तथा समितिमा रिक्त रहेको सञ्चालकको चयनको अनुमोदन गरेको छ । सञ्चालक समितिले रिक्त रहेको सञ्चालक पदमा ध्रुवकुमार पोखरेललाई नियुक्त गरेको थियो । कम्पनीका अध्यक्ष चुर्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा कम्पनीले निर्माण गर्न लागेको नेसम खोला जलविद्युत आयोजनाको अवस्थाका बारेमा गणेशकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी आयोजना प्रमुख देवेन्द्र केसीले आयोजनाको कार्यप्रगति तथा आयोजना निर्माणको अवस्थाको जानकारी गराए भने कम्पनीका सञ्चालक इ. ध्रुवकुमार पोखरेलले आयोजनाको प्राविधिक पक्षको बारेमा बताए । कम्पनीको अधिकृत र जारी पूँजी हाललाई २ अर्व ५० करोड रुपैयाँ रहेको छ । कूल लागत ७ अर्व रुपैयाँ रहेको कम्पनीमा संस्थापक शेयर ७५% प्रभावित स्थानीय जिल्लाबासीहरुका १० % र सर्वसाधारण लगानीकर्ताहरुको लागि १५% शेयरको व्यवस्था गरिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।